२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

ई आर्थिक    सोमबार, फाल्गुन ३ २०७७
6.1K
Shares
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरेको छ । बैंकको हालै बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

साथै लम्साललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सुम्पेको बैंकले जानकारी दिएको छ । बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

केन्द्रिय बैंकको नीतिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित रहने लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij