ई–आर्थिक, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
नव नियुक्त अध्यक्ष अग्रवालले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।