२०८३ असोज २ शुक्रबार

सलह किन्न पाँच लाख बजेट

ई आर्थिक    शनिबार, असार २७ २०७७
8.9K
Shares
सलह किन्न पाँच लाख बजेट

बनियानी, असार २७ गते । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उहाँले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रि«य सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उहाँले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गर्नुभएकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गर्नुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij