२०८३ साउन ९ शनिबार

नेपाल बंगलादेश बैंकद्वारा श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार आर्थिक सहयोग

ई आर्थिक    शनिबार, चैत्र ८ २०७६
18.5K
Shares
नेपाल बंगलादेश बैंकद्वारा श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार आर्थिक सहयोग

ई–आर्थिक, काठमाडौं । नेपाल बंगलादेश बैँकले इमाडोल, ललितपुर स्थित श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई पचास हजार रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैँकले सो रकम उपलब्ध गराएको जनाएको छ ।

बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकमा उक्त सहयोग उपलब्ध गराएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधानाध्यापक एकबहादुर भण्डारीले जानकारी गराउनुभयो ।

यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकको लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij