२०८३ साउन १० आइतबार

पोर्चुगलमा काम गर्ने एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टी

ई आर्थिक    सोमबार, चैत्र ३ २०७६
6.5K
Shares
पोर्चुगलमा काम गर्ने एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टी

ई आर्थिक, काठमाडौं। पोर्चुगलमा रहेका एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टी भएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना संक्रमण भएको बताइएको छ ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य राखिएको बताइएको छ ।

पोर्चुगलमा अहिलेसम्म २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमध्ये आइतबार मात्रै ७६ जनामा थप कोरोना संक्रमण पुष्टी भएको छ ।
ति मध्ये ९ जनाको गम्भीर अवस्थामा उपचार भइरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij