ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा अवस्थित न्यूरोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका थिए । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचनामात्र नभएर यसले आधुनिक बैकिङ सुविधाहरु पनि प्रदान गर्ने जनाएको छ ।
सोही समारोहमा डेपुटी गभर्नर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् । चेक डिपोजिट, यूटिलिटी बिल भुक्तानी र एटीएमजस्ता आधुनिक बैकिङ सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ ।
सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ग्राहक संख्या १० लाख भन्दा बढि रहेको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट सेवा प्रदान गदै आईरहेको छ ।