२०८३ भाद्र ३१ बुधबार

आकर्षक सुविधा सहित प्रभु बैंकले ल्यायो ‘प्रभु गुडलक सेभिङ स्किम’

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०७६
7.1K
Shares
आकर्षक सुविधा सहित प्रभु बैंकले ल्यायो ‘प्रभु गुडलक सेभिङ स्किम’

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले विभिन्न कलेजका कर्मचारी तथा त्यँहा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित ‘प्रभु गुडलक सेभिङ’ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शून्य मौज्दातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट १०० जम्मा गरिदिने व्यवस्था मिलाइएको छ । प्रभु गुडलक सेभिङ योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङअन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफनाे सहायक कम्पनी प्रभु क्यापिटल लि। सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्त आइपिओ, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । प्रभु गुडलक सेभिङमा सहभागी हुने विद्यार्थीहरुलाई आफनाे अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवसर समेत मिल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij