२०८३ भाद्र २७ शनिबार

राप्रपाको प्रदर्शनमा अश्रुग्यास प्रहार, कान्तिपथ र आसपासका क्षेत्र तनाबग्रस्त

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
4.3K
Shares
राप्रपाको प्रदर्शनमा अश्रुग्यास प्रहार, कान्तिपथ र आसपासका क्षेत्र तनाबग्रस्त

७ चैत, काठमाडौं । विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । जसमा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणासमेत घाइते भएका छन् । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएकाबेला प्रहरीसँगको झडपमा उनी घाइते भएका हुन । पूर्वमन्त्रीसमेत रहेका राणाले जुलुशको अगुवाई गरिरहेका थिए ।

कान्तिपथस्थित बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार भएको छ ।

संविधानको मर्म विपरित हिन्दुराष्ट्र र राजतन्त्रको वाक्यांश विधानमा उल्लेख गरिएको भन्दै निर्वाचन आयोगले ती वाक्यांश हराउदै राप्रपाको विधान स्वीकार  गरेको आफ्ना राजनीतिक एजेण्डालाई विधानबाट हटाएको बताउदै निर्णय फिर्ता लिन दवाव स्वरुप राप्रपाले सडक संघर्ष सुरु गरेको हो ।

raprapa2

राणाको खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै राप्रपाका कार्यकर्ता र प्रहरीहरु मिलेर उद्धार गरेका थिए । घाइते हुनेमा राणासहित सांसद कुन्ती शाही, प्रवक्ता रोशन कार्की लगायत घाइते भएका छन् ।

राप्रपाले आज निर्वाचन आयोगको केन्द्रीय कार्यालय सहित मुलुकभरका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिदै ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो  ।

त्यस्तै काठमाण्डौको कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा उपत्यकाका तीन जिल्लाका नेता कार्यकर्ताले धर्ना सहित ज्ञापनपत्र बुझाउने भनिएको थियो । जसमा निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि स्थिती आक्रोशित भएपश्चात अश्रुग्यास प्रहार भएको छ ।

राप्रपाले हिन्दुराष्ट्र माग गर्दै हिजो संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

raprapa33

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij