ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बिओके स्मार्ट योजना सार्वजनिक गरेको छ । अब ग्राहकले बिओके स्मार्ट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने छन् ।
ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी’ भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।