२०८३ साउन ९ शनिबार

बैंक अफ काठमाण्डूको ‘बिओके सहज बचत खाता’ सार्वजनिक

ई आर्थिक    बुधबार, फाल्गुन १४ २०७६
13.2K
Shares
बैंक अफ काठमाण्डूको ‘बिओके सहज बचत खाता’ सार्वजनिक

ई आर्थिक, काठमाडौं। बैंक अफ काठमाण्डूले आफ्नो २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ।

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकले मात्र रु २५ मा नै खोल्न सक्ने बैंकले जनाएको छ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।

उक्त बचत खाता खोले बापत ग्राहकले वार्षिक ६% ब्याजदर, न्यूनतम् मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्थालगायतका सुविधाहरु पाउन सक्ने छन्।

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij