ई–आर्थिक, काठमाडौं । ‘जीवन बीमासहितको खुसीको बचत, जीवन बचत’ भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाईंले गर्नुभयो ।
१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । यस योजनामा बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाड्ढ रकम एकमुष्ठ प्रदान गरिने भएको छ ।

यसका साथै यस योजनामा बीमा परिपक्वता पछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सकिने कम्पनीका सचिव विनोदकुमार बुझेलले जानकारी दिनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बीमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने वताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ बीमा योजनाको बारेमा प्रकाश पार्नुभएकोे थियो । उहाँले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।