२०८३ भाद्र २८ आइतबार

साढे तीन दिनमा चिलिमे सुरुङसम्म सडक, भारी उपकरण पुर्‍याउन सहज

ई आर्थिक    आइतबार, भाद्र २८ २०८३
209
Shares
साढे तीन दिनमा चिलिमे सुरुङसम्म सडक, भारी उपकरण पुर्‍याउन सहज

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका कारण प्रभावित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म पुग्ने पहुँचमार्ग निर्माण सम्पन्न भएको छ।

नेपाली सेना तथा सम्बद्ध निकायको निरन्तर समन्वय र अहोरात्र खटाइपछि स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर सुरुङको मुखसम्म जोड्ने १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको हो।

भौगोलिक रूपमा अत्यन्त चुनौतीपूर्ण क्षेत्रमा साढे तीन दिनको निरन्तर प्रयासपछि पहुँचमार्ग निर्माण सम्भव भएको हो। यसअघि साना हेलिकप्टरबाट मात्रै पुग्न सकिने उक्त क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गरिएको थियो।

सडक निर्माणका क्रममा एक्स्काभेटर प्रयोग गरी सुरुमा ५५० मिटर ट्र्याक तयार पारिएको थियो। त्यसपछि बाँकी रहेको कडा पहरा फोर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरेको थियो। ब्लास्टिङपछि थप ५०० मिटर ट्र्याक निर्माण गरी चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्म सडक जोडिएको हो।

पहरा फोर्ने तथा नियन्त्रित ब्लास्टिङको कठिन काम सम्पन्न भएसँगै सुर उपकरणहरू कार्यस्थलमा पुर्‍याइसकिएको र अबको एक–दुई दिनभित्र सुरुङ छिचोल्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ। पहुँचमार्ग निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित सुरुङ क्षेत्रमा उद्धार, मर्मत तथा पुनर्निर्माणका कामलाईुङको मुखसम्म ठूला तथा भारी उपकरण र आवश्यक निर्माण सामग्री पुर्‍याउन सहज भएको छ।

भारी उपकरणहरू कार्यस्थलमा पुर्‍याइसकिएको र अबको एक–दुई दिनभित्र सुरुङ छिचोल्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ। पहुँचमार्ग निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित सुरुङ क्षेत्रमा उद्धार, मर्मत तथा पुनर्निर्माणका कामलाई समेत गति दिन सहज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij