२०८३ भाद्र २७ शनिबार

बीमा समितिले कृषि बीमाका लागि जिल्ला तोक्यो, कुन बीमा कम्पनीलाई कुन जिल्ला ?

ई आर्थिक    शनिबार, पौस १९ २०७६
8.6K
Shares
बीमा समितिले कृषि बीमाका लागि जिल्ला तोक्यो, कुन बीमा कम्पनीलाई कुन जिल्ला ?

ई–आर्थिक, काठमाडौं । बीमा समितिले कृषि बीमाको लागि जिल्ला तोकेको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपंक्षी बीमाका लागि काम गर्न निर्देशन दिएको छ ।

बाली तथा पशुपंक्षी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नका लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् । उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए ।

त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपंक्षी बीमा सम्बन्धि सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ। समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए ।

तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ। अध्यक्ष चापागाईंले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताए ।

यो अभियानले बीमको पहुँच बढ्ने समेत समितिले विश्वास लिएको छ । सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिदै आएको छ ।
यसअघि समितिले विभिन्न जिल्लामा कृषि बीमा सम्बन्धि सचेतनाका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij