२०८३ भाद्र ३१ बुधबार

माछापुच्छ्रे बैंकले दुबईको माश्रिक बैंकबाट १ अर्ब भित्र्याउने

ई आर्थिक    मंगलबार, पौस १५ २०७६
5.5K
Shares
माछापुच्छ्रे बैंकले दुबईको माश्रिक बैंकबाट १ अर्ब भित्र्याउने

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंकले दुबईस्थित माश्रिक बैंकबाट करिब १ अर्ब १४ करोड रुपैयाँ ल्याउने भएको छ।

बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुबईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु। १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको हो।

सो सहमतिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे।

सो ऋण रकम नेपाल ल्याउनको लागि राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ। नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ।

यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको हो। बैंकले ल्याउने उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij