२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंकमा जनताका रायामाझी र अग्रवाल मात्र सञ्चालक, सीईओको जिम्मेवारी कुँवरलाई

ई आर्थिक    आइतबार, मंसिर २२ २०७६
8.8K
Shares
ग्लोबल आइएमई बैंकमा जनताका रायामाझी र अग्रवाल मात्र सञ्चालक, सीईओको जिम्मेवारी कुँवरलाई

ई–आर्थिक, काठमाडौं । मर्जरपछि चुक्त पुँजी १९ अर्ब पु¥याएर नेपालको सबभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आइएमई र्बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र दुई सन्चालक नियु्क्त भएका छन् ।

मर्जरको सम्झौता अनुसार सीईओमा पर्शुराम कुँवरले आइतबारदेखि औपचारिकरुपमा नेतृत्व सम्हालेका छन् । उनी यसअघि जनता बैंकको पनि सीईओ थिए । त्यसैगरी मर्जरपछि पहिलो पटक दुई बोर्ड सदस्य नियुक्त भएका छन् । जसमा केशब रायामाझी र बिनित कुमार अग्रवाल छन् । रायामाझी जनताका बैंकका अध्यक्ष थिए ।

ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल वरिष्ठतम नायव प्रमुख कार्यकारी अधिकृतमा भएका छन् ।

मर्जरपछि ग्लोबलका चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल गरी पाँच बोर्ड सदस्य कायमै गरिएको छ । जनतामा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन् ।

अब ग्लोबलमा सात सञ्चालक रहने छन् । गत शुक्रबारदेखि एकीकृत कारोबार सुरू गरेको यो बैंकको मंसिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव शेयरधनीहरूबाट अनुमोदन भएको थियो। मर्जरपछि ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकको कूल निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब हुनेछ ।

३ सय शाखा कार्यालय भएको बैंकका एटिएम २५६ र २४१ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछन् । यसैगरी बैंकका कर्मचारी तीन हजार २५० भन्दा बढी हुनेछन । अब बैंकका ग्राहक संख्या २० लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij