ई–आर्थिक, काठमाडौं : गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर ल्याएको ‘अजबको गज्जब’ योजना भब्य रुपमा सम्पन्न भएको जनाएको छ । ग्राहकको उत्साहजनक प्रतिक्रियाले कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्री भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन, ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् ।
प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।