काठमाडौँ । अमेरिकाले सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुल्ला गरेको छ।
अमेरिकाले आज अक्टुबर २ तारिखबाट उक्त डिभी आवेदन खुल्ला गरेको हो । उक्त आवदेन आगामी ५ नोभेम्बर २०१९ सम्म अनलाईन मार्फत आवेदन भर्न पाइनेछ ।
डिभी भर्नका लागि जततउकस्ररयअअगउथनज।अयmरगक(मख(यिततभचथ(द्दण्द्दज्ञ मा गएर निस्शुल्क रुपमा भर्न सकिने छ ।
अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा दिने जनाएको छ ।
यसअघिका शर्तहरु यथावत राखिएको छ । यस वर्ष अमेरिकाले डिभी भर्नका लागि राहदानी नम्बर, जारी गरिएको देश र राहदानीको म्याद अवधी चाहिने अनिवार्य व्यवस्था गरको छ । उक्त व्यवस्था डिपेन्टेन्टमा जानेका लागि भने आवश्यक छैन ।