२०८३ साउन ९ शनिबार

किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन हुने, ‘कृषिमा युवा कार्यक्रम’ सञ्चालनमा ल्याइने

ई आर्थिक    मंगलबार, असोज १४ २०७६
4.1K
Shares
किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन हुने, ‘कृषिमा युवा कार्यक्रम’ सञ्चालनमा ल्याइने

ई–आर्थिक, काठमाडौं । किसानद्वारा उत्पादित बस्तुहरुले उचित मूल्य नपाइरहेको चौतर्फी गुनासो आइरहेको बेलामा किसानका लागि मूल्य निर्धारण गर्न छुट्टै आयोग गठन गर्ने कुरा आएको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले त्यस्तो छुट्टै आयोग गठन गर्ने घोषणा गरेका हुन । कृषि बस्तुको ‘‘मूल्य निर्धारण आयोग’ गठनको तयारी भइरहेको उनले जानकारी दिए ।

यस्तो आयोग बनेपछि किसानका कृषि बस्तुको उचित मूल्य निर्धारण हुने विश्वास गरिएको छ ।

आयोगलाई किसानहरुलाई मर्कामा नपर्ने गरी उनीहरुको उत्पादनको मूल्य निर्धारण गर्ने कार्यादेश दिने आफ्नो योजना रहेकोे मन्त्री खनालले बताए । काठमाडौंको एक कार्यक्रममा वोल्दै उनले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन चालू आर्थिक वर्ष भित्रै ‘कृषिमा युवा कार्यक्रम’ सञ्चालनमा ल्याउने तयारी गरिएको पनि जानकारी दिए ।

कुखुराको दानामा मूल्य वृद्धि उच्च भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij