२०८३ साउन ९ शनिबार

रुपन्देहीमा विशिष्टिकृत सहकारी संघ स्थापना हुदै

ई आर्थिक    सोमबार, असोज ६ २०७६
31.1K
Shares
रुपन्देहीमा विशिष्टिकृत सहकारी संघ स्थापना हुदै

ई–आर्थिक, काठमाडौं । रुपन्देहीमा विशिष्टिकृत सहकारी संघ स्थापना हुने भएको छ । उक्त संघ स्थापनार्थ सहकारी अगुवाहरुको प्रारम्भिक भेलाले सहकारी विज्ञ डा. खगराज शर्माको अध्यक्षतामा ११ सदस्यीय विशिष्टिकृत सहकारी संघको तदर्थ संचालक समिति गठन भएको छ ।

उक्त संघको उपाध्यक्षमा सामुहिक विकास साकोसका चुरामणि खरेल, सचिवमा कोलिय देवदह साकोसका जयकिशन अधिकारि कोषाध्यक्षमा जनउत्थान साकोसका ज्ञानु पौड्याल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा लुम्बिनी साकोस बुटवलका महेश्वर श्रेष्ठ, टुगा आस्था साकोसका डी.बि.थापा, प्रगतिशील महिला बहुउद्देश्यीय सहकारीकी राधा थापा, नवप्रभात साकोसकी निर्मला अधिकारी हाम्रो बहुउद्देश्यीय सहकारीकी सबिता भुसाल, मेचीकाली बहुउद्देश्यीय सहकारीका बालाराम भट्टराई र समावेसी साकोसका राजेन्द्र सुबेदी रहेका छन् ।

प्रचलित सहकारी ऐन ०७४ को दफा ९ , सहकारी नियमावली ०७५ को दफा ४ बमोजिम उक्त संघ स्थापना गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij