२०८३ भाद्र ३० मंगलबार

लिबियामा मारिएका श्रेष्ठको शव नेपाल ल्याउने प्रयास जारी

ई आर्थिक    आइतबार, असार २२ २०७६
3.7K
Shares
लिबियामा मारिएका श्रेष्ठको शव नेपाल ल्याउने प्रयास जारी
काठमाडौँ । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।

युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ । यही असार १७ गते भएको हवाई आक्रमण परी श्रेष्ठसहित ४० आप्रवासी र शरणार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij