२०८३ साउन १२ मंगलबार

रसुवागढीको सुरुङमा फसेका सबै कामदारको सकुशल उद्धार

ई आर्थिक    शुक्रबार, असार ६ २०७६
4.5K
Shares
रसुवागढीको सुरुङमा फसेका सबै कामदारको सकुशल उद्धार

ई–आर्थिक, काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा सुरुङमा फसेका कामदारको शुक्रबार बिहान सकुसल उद्धार गरिएको छ। सुरुङमा फसेका ६ चिनीया नागरिकसहित १७ जनाको सकुसल उद्धार गरिएको हो ।

खाना खाएर उनीहरु रातिको डिउटी गर्न सर्ज ट्यांक गएका थिए । सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएको थियो । तर सुरूङको मुख भने पुरै थुनिएको थिएन् ।
पहिरोले पहुँच मार्ग अवरुद्ध भएपछि सुरुङभित्र रहेका कामदारहरु बाहिर निस्कन सकेका थिएनन्। सर्ज ट्यांकभित्र काम गर्नेमा ११ नेपाली र ६ जना चिनियाँ गरि १७ जना कामदार रहेका थिए ।

निर्माणधीन सुरुङमा बिहीबार सुख्खा पहिरो जाँदा उनीहरु सुरूङभित्रै रोकिएका थिए । बाहिर निस्कँदा जोखिम हुनसक्ने भन्दै कामदारलाई रातभरि सुरुङभित्रै बस्न भनिएको थियो । भित्र फसेका कामदारलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij