२०८३ भाद्र ३० मंगलबार

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७३
3.2K
Shares
सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

८ फागुन, रत्ननगर (चितवन) । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।

गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिनुभयो । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।

एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उहाँले जानकारी दिनुभयो ।

एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ ।

हराएको भनी माइती नेपालमा खोजीका लागि १०३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij