२०८३ भाद्र ३० मंगलबार

गाईपालन: दूध बेचेर मासिक एक लाख आम्दानी

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
2.6K
Shares
गाईपालन: दूध बेचेर मासिक एक लाख आम्दानी

६ फागुन, पोखरा । मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गाईपालन व्यवसायबाट देखाइ दिनुभएको छ ।

उहाँले दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्नुभएको छ । खैरेनी कृषि फार्म दर्ता गरी विगत सात वर्षदेखि सो व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ ।

पौडेलले हाल १३ वटा उन्नत जातका गाई पाल्नुभएको छ । गाईपालन व्यवसायबाटै उहाँले जमिन खरिद गरी रु २० लाखको लागतमा घर बनाउनुभएको छ । “मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिँदोरहेछ,” उहाँले भन्नुभयो ।

पौडेल भन्नुहुन्छ– “एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएपछि फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ ।” छोटो समयमा राम्रो प्रगति गर्नुभएका पौडेलले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा लिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij