२०८३ भाद्र ३० मंगलबार

रौता पोखरीको हुलाक टिकट प्रकाशनमा

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
5.3K
Shares
रौता पोखरीको हुलाक टिकट प्रकाशनमा

६ फागुन, काठमाडौं । उदयपुरको प्रशिद्ध धार्मिक तथा पर्यटकियस्थल रौता पोखरीको हुलाक टिकट प्रकाशनमा आएको छ ।

सरकारले उदयपुरको पर्यटन क्षेत्रलाई प्रबर्धन गर्न टिकट प्रकाशनमा ल्याएको हो । भागवत राउत र राजकुमार पोख्रेलको निरन्तर प्रयास पश्चात हुलाक सेवा विभागले रु दुई मुल्यको उक्त टिकट प्रकाशनमा ल्याउन अनुमती दिएको हो ।

विभागले नेपाल फिलाटेलिक ब्युरोको सहयोगमा सन् १८८१ देखि हुलाक टिकट प्रकाशनमा ल्याउन सुरु गरेको थियो । टिकट निष्कासनका लागि ब्युरोले अध्ययन अनुुसन्धानसमेत गर्ने गरेको छ ।

धर्म, विज्ञान, कला, साहित्य, संस्कृति, पर्यटन, पुरातात्विक महत्वका वस्तु, अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्ति, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठन, सभा, सम्मेलन, समारोह तथा खेलकुदलगायतका क्षेत्रमा हाल टिकट प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij