२०८३ भाद्र ३० मंगलबार

उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका कार्यालय बन्द, सोवाग्राही प्रभावित

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
4K
Shares
उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका कार्यालय बन्द, सोवाग्राही प्रभावित

५ फागुन, गाईघाट (उदयपुर) । स्थानीय निकायका कर्मचारीको चर्को आन्दोलनका कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका कार्यालय पूर्णरुपमा बन्द हुन पुगेको छ ।

स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन वाध्य भएका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् ।

स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने आफूहरुको १३ बुँदे माग रहेको कुरा आन्दोलनरत कर्मचारी सङ्घका उदयपुर अध्यक्ष भूपध्वज रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij