२०८३ भाद्र २९ सोमबार

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

ई आर्थिक    शुक्रबार, बैशाख १४ २०७५
3.5K
Shares
नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा
बिहिबार, १३ बैशाख २०७५, काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

नेपालमा बाँसबाट उत्पादित सामग्री प्रयोगमा ल्याउन चीनले आवश्यक प्राविधिक तालिम दिने राजदूत होङले बताइन्। ‘चीनमा बाँसबाट उत्पादित खाट, कुर्सी, टेबल र सजावटका सामग्री धेरै नै लोकप्रिय छन्’, उनले भनिन्– ‘ती सामग्री निर्माणको तालिम दिन नेपाली युवालाई चीन लैजाने हाम्रो योजना छ। छिट्टै यो योजना कार्यान्वयन हुन्छ।’

मन्त्री बस्नेतले नेपाल चीनसँग उर्जा, जडिबुटी, वन÷वातावरण लगायत क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको समेत स्पष्ट पारेका थिए। जवाफमा राजदूत योङले असल छिमेकीका नाताले नेपालको आर्थिक विकास र समृद्धिको योजनामा साथ दिन चीन सदैव तत्पर रहेको प्रतिबद्धता जनाइन्।

‘नेपाली गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउनेछ’

भेटमा राजदूत होङले नेपालले उपहार स्वरुप चीनलाई दिने भनेको दुई जोडी एक सिङ्गे गैंडा हस्तान्तरणको प्रक्रियाबारे चासो राखेकी थिइन्।

जवाफमा मन्त्री बस्नेतले दुई चिनियाँ विशेषज्ञसमेतको सहयोगमा हाल चीन लान तयार पारिएका गैंडा संरक्षणको काम भइरहेको जानकारी गराए। उनले चितवन राष्ट्रिय निकुञ्जमा रहेका ती गैंडा राजधानी ल्याएर राख्नका लागि बासस्थानको निर्माण भइसकेको र आगामी जुन महिनाको दोस्रो साता एक जोडी गैंडा चीन पठाउने तयारीमा मन्त्रालय रहेको अवगत गराए।

राजदूत योङले नेपालको एक सिङ्गे गैंडालाई चीनको राष्ट्रिय चिडिया खानामा लगेर राखिने भन्दै ती गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउन मद्धत गर्ने विश्वास व्यक्त गरिन।

‘बिआरआई सफल पार्न नेपाल सदैव चीनको साथमा छ’

द्विपक्षीय हित र चासोका विविध विषयमा छलफलका क्रममा मन्त्री बस्नेतले चीन सरकारले उच्च प्राथमिकतामा राखेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सफल पार्न नेपालका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

दुई देशीय सम्बन्ध सरकार र सरकारको सम्बन्धमा मात्र सीमित नरही जनता/जनताबीचको सम्बन्धमा समेत विस्तार र सुदृढ हुँदै गएको चर्चा गर्दै मन्त्री बस्नेतले बिआरआईका कारण द्विपक्षीय सम्बन्ध र सहकार्यका धेरै आयामको ढोका खुल्ने विश्वास व्यक्त गरे। ‘बिआरआई चीनको गौरवपूर्ण आयोजना हो’, मन्त्री बस्नेतले भने, ‘नेपाल बिआरआई सफल पार्न सदैव चीनको साथ रहने छ।’ नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij