२०८३ साउन ९ शनिबार

खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन

ई आर्थिक    बिहिबार, माघ २७ २०७३
4.6K
Shares
खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन

२७ माघ, काठमाडौं । खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्ने भएको छ ।

सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले ३१ जिल्लामा गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्न लागेको हो ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३१ जिल्लामा प्रशोधन केन्द्र स्थापना गरेर खानेपानीको सुधार गर्न लागेको जानकारी दिए । उनले भने, “शुद्ध खानेपानी सबैलाई खुवाउने उद्देश्यका साथ विभागले खानेपानी गुणस्तर कार्यक्रम सञ्चालन गरेको हो ।”

यस्तै विभागले खानेपानी सुरक्षा योजना कार्यक्रम ७५ वटै जिल्लामा सञ्चालन गर्न लागेको छ । विभागले खानेपानी सुरक्षा योजनाअन्तर्गत शुद्ध खानेपानी उपयोग गर्नका लागि समूह बनाएर रेखदेख गर्नेछ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घरघरमा आधारभूत खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले काम गरिरहेको राससलाई जानकारी दिए ।

उनले भने, सबै नेपालीलाई खानेपानी पु¥याउने उद्देश्यअनुसार मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको छ ।” खानेपानी सुरक्षा योजनाअन्तर्गत ४०० आयोजना रहेका छन् । यसका लागि सरकारले रु ४० करोड ५५ लाख बजेट विनियोजन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij