२०८३ भाद्र २९ सोमबार

साँखु बन्दका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा

ई आर्थिक    बुधबार, माघ २६ २०७३
8.2K
Shares
साँखु बन्दका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा

२६ माघ, काठमाडौँ । आज बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन् ।

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा परेका हुन् ।

ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्खरापुर भएर चल्ने सवारी साधन पसल सबै बन्द गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बन्दले सिन्धुपाल्चोकको मेलम्ची चल्ने सवारी साधन आगमनमा समेत समस्या परेको थियो । बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाऊ सङ्घर्ष समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij