२०८३ असोज ९ शुक्रबार

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (Live)

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
589
Shares
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (Live)

काठमाडौं ।   प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति विश्व समुदायका लागि गम्भीर चेतावनी भएको बताएका छन्।

उनले जलवायु संकट, विपद् व्यवस्थापन, जलवायु वित्त, विश्वव्यापी असमानता र अन्तर्राष्ट्रिय प्रणालीमा साना तथा विकासशील मुलुकको भूमिकाबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै त्यसलाई नेपालमा सीमित प्राकृतिक विपद्का रूपमा मात्र हेर्न नहुने बताए।

“जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्,” उनले भने।

प्रधानमन्त्री शाहका अनुसार विपद्का कारण नेपालमा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको छ भने ६ हजारभन्दा बढी अझै बेपत्ता छन्। भौतिक पुनःस्थापनाका लागि नेपालको कुल गार्हस्थ उत्पादनको करिब १० प्रतिशत बराबरको स्रोत आवश्यक पर्ने उनले बताए।

भिडियो स्रोत: प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij


Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/sites/28a/9/9b3bd9b59e/public_html/wp-includes/functions.php on line 6260