२०८३ असोज ८ बिहिबार

विपद्का मृतक र बेपत्तासम्बन्धी व्यवस्था गर्न कानुन संशोधनको तयारी

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
133
Shares
विपद्का मृतक र बेपत्तासम्बन्धी व्यवस्था गर्न कानुन संशोधनको तयारी

काठमाडौं । सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ।

गम्भीर प्रकृतिको विपद्का कारण मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक तयार पारिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, विपद्का क्रममा बेपत्ता भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत तथा लामो समयसम्म खोजी गर्दा पनि व्यक्ति फेला नपरेको अवस्थामा मृत्युको न्यायिक घोषणा गर्न सकिने व्यवस्थासमेत विधेयकमा प्रस्ताव गरिएको छ।

मन्त्रालयले विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ।

मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको सात दिनभित्र विधेयकसम्बन्धी सुझाव [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ।

प्राप्त सुझावका आधारमा विधेयकलाई आवश्यक परिमार्जन गरी थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij