२०८३ असोज ८ बिहिबार

बाढी प्रभावितका लागि अमेरिकाले ३ करोड १० लाख डलर प्रदान गर्ने

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
817
Shares
बाढी प्रभावितका लागि अमेरिकाले ३ करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौं । अमेरिकाले नेपाललाई ३ करोड १० लाख डलर प्रदान गर्ने भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन्।

उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए। उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij