रसुवा । रसुवाको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण कार्य सम्पन्न गरी सरकारले आवतजावत पूर्णरूपमा सूचारु गरेको छ।
बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको हो।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा पुल पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रताका साथ अघि बढाएको छ।
सरकारको तीव्र पहलकदमीका कारण धादिङ, नुवाकोट र गोरखामा पर्ने अन्य १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ