२०८३ भाद्र २६ शुक्रबार

विद्युत् दुर्घटनामा घाइते कर्मचारीलाई प्राधिकरणले दियो करिब २० लाख क्षतिपूर्ति

ई आर्थिक    शुक्रबार, भाद्र २६ २०८३
228
Shares
विद्युत् दुर्घटनामा घाइते कर्मचारीलाई प्राधिकरणले दियो करिब २० लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई करिब २० लाख रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम मगरलाई कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर मगर घाइते भएका थिए।

दुर्घटनापछि उनको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा मात्रै ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

विनियमावलीअनुसार मगरलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की प्राप्त गरिसकेका छन्। अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको प्राधिकरणका पदाधिकारीले बताएका छन्।

प्राधिकरणले कार्यक्षेत्रमा खटिएका कर्मचारीको सुरक्षा तथा दुर्घटनापछि आवश्यक उपचार र क्षतिपूर्तिको व्यवस्थालाई विनियमावलीअनुसार कार्यान्वयन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij