२०८३ भाद्र २४ बुधबार

भोटेकोशीको विपत्ति विश्वमै विरलै देखिने प्रकृतिको हो : प्रोफेसर डिक्स

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
589
Shares
भोटेकोशीको विपत्ति विश्वमै विरलै देखिने प्रकृतिको हो : प्रोफेसर डिक्स

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा भएको क्षति विश्वमै विरलै देखिने प्रकृतिको विपत्ति भएको बताउनुभएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डिक्सले बाढीबाट करिब ७२ किलोमिटर क्षेत्र प्रभावित भएको र उद्धार कार्य अत्यन्त कठिन भूगोलमा भइरहेको बताउनुभयो।

उहाँका अनुसार साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने अवस्थाका कारण उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति घटनास्थलसम्म पुर्‍याउन ठूलो चुनौती छ। केही उपकरणको तौल पाँच टनसम्म रहेकाले सडक निर्माण तथा केबल पुल वा रोपवेको विकल्प खोज्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

डिक्सले सतहमा ठूलो क्षति देखिए पनि भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना नकार्न नहुने बताउँदै खोजी तथा उद्धारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले अहिलेको विपत्तिका आधारमा जलविद्युत् आयोजनाका पुराना डिजाइनलाई दोष दिनु उचित नहुने स्पष्ट पार्नुभयो। विश्वमै यसअघि नदेखिएको प्रकृतिको घटना भएकाले तत्कालीन जोखिम मूल्यांकनका आधारमा डिजाइन उपयुक्त रहेको उहाँको भनाइ छ।

डिक्सले उद्धारमा नेपाली पक्षले गरेको समन्वयको प्रशंसा गर्दै अहिले कसैलाई दोष दिने समय नभएको बताउनुभयो। साथै, विपत्तिमा परेका नेपालीलाई अन्तर्राष्ट्रिय समुदायको साथ रहेको सन्देश दिँदै उहाँले भन्नुभयो, ‘तपाईंहरू एक्लो हुनुहुन्न, हामी यहाँ सहयोग गर्न आएका छौँ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij