२०८३ भाद्र २२ सोमबार

रसुवा बाढीपछिको उद्धार, राहत र पुनःस्थापनाबारे अर्थ समितिको चासो

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
456
Shares
रसुवा बाढीपछिको उद्धार, राहत र पुनःस्थापनाबारे अर्थ समितिको चासो

काठमाडौं । रसुवामा आएको बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामबारे संघीय संसद्को अर्थ समितिले चासो देखाएको छ।

समितिले बाढीपछिको अवस्था, सरकारले सञ्चालन गरेका उद्धार तथा राहतका कार्यक्रम र पुनःस्थापनाको प्रगतिबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने भएको छ।

त्यसैगरी, बाढीले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अर्थ मन्त्रालयसँग तथा बाढीबाट भएको क्षति र त्यसको प्रभाव मूल्यांकनका विषयमा राष्ट्रिय योजना आयोगसँग पनि छलफल गर्ने समितिको तयारी छ।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत असर परेको छ।

उपलब्ध विवरणअनुसार बाढीमा १ हजार ३५५ जनाको शव फेला परेको, ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको र ६ हजार ६७२ जना घाइते भएका छन्। बाढी प्रभावित क्षेत्रबाट करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको जनाइएको छ।

अर्थ समितिले बाढीबाट भएको क्षति, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरेका प्रयास र आगामी दिनमा आवश्यक पर्ने आर्थिक तथा नीतिगत व्यवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिने भएको हो।

समितिको छलफलबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव तथा निर्देशन तय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij