२०८३ भाद्र २२ सोमबार

सुन प्रतितोला तीन हजार १०० रुपैयाँले घट्यो

ई आर्थिक    आइतबार, भाद्र २१ २०८३
266
Shares
सुन प्रतितोला तीन हजार १०० रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन (आइतबार) स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँ घटेर तीन लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर प्रतितोला चार हजार ७२५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँ पुगेको थियो भने चाँदी चार हजार ७६५ रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij