काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले एक महिनामै ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
कम्पनीहरूले साउनमा २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गरेका छन् । तथ्यांकले निर्जीवन बीमा व्यवसायमा कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र रहेको देखाएको छ ।
साउनमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५६ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले २२ हजार ९६४ वटा बीमालेख जारी गरेको छ । एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै तेस्रो स्थानमा रहेको छ ।
शिखर इन्स्योरेन्सले साउनमा ५१ करोड २० लाख रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४४ करोड ७१ लाख, ओरिएन्ट इन्स्योरेन्सले ४४ करोड ३७ लाख, नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख र यूनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
अन्य कम्पनीतर्फ नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख, नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले २४ करोड ३ लाख र राष्ट्रिय बीमा कम्पनीले १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
साउनको तथ्यांकले निर्जीवन बीमा बजारमा केही ठूला कम्पनीले अग्रता कायम राखे पनि अधिकांश कम्पनीबीच व्यवसायको अन्तर तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक रहेको देखाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातमै ५ अर्बभन्दा बढीको बीमाशुल्क संकलन हुनुले निर्जीवन बीमा बजारको कारोबार गतिविधि सक्रिय रहेको संकेत गरेको छ ।
