२०८३ भाद्र १९ शुक्रबार

नबिल बैंकद्वारा ‘५.५ प्रतिशत नबिल डिबेञ्चर-२०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
532
Shares
नबिल बैंकद्वारा ‘५.५ प्रतिशत नबिल डिबेञ्चर-२०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं।  नबिल बैंक लिमिटेडले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने ४ अर्ब रूपैयाँबराबरको ऋणपत्र जारी गर्न लागिएको हो। जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २ अर्ब ४० करोड रूपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिने बैंकले जनाएको छ।

साथै, १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ६० करोड रूपैयाँ ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ६५ हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij