२०८३ भाद्र १९ शुक्रबार

हेल्दी लिभिङ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
684
Shares
हेल्दी लिभिङ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग

 काठमाडौँ। बाढी तथा पहिरो पीडितहरूको राहत र पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रा. लि. (Healthy Living Nepal Pvt. Ltd.) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

कम्पनीको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा पुगेर उद्योग मन्त्री गौरी यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

एभरेस्ट बैंकको २० लाख रुपैयाँ बराबरको चेक मन्त्री यादवलाई बुझाउँदै कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको बताएका छन्।

रकम बुझ्दै मन्त्री यादवले कम्पनीको यस सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij