२०८३ भाद्र १९ शुक्रबार

बाढी प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न राहत पठाइयो

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
494
Shares
बाढी प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न राहत पठाइयो

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा प्रभावित क्षेत्रमा हालसम्म १ सय मेट्रिक टन खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री पठाइएको छ।

राहत सामग्री व्यवस्थापनका लागि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संघसंस्था, सरकारी निकाय तथा निजी क्षेत्रका व्यवसायीसँग समन्वय गरेको जनाएको छ। सोही समन्वयमार्फत प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री पठाउने काम भइरहेको हो।

मन्त्रालयका अनुसार राहत व्यवस्थापनमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा विभिन्न व्यवसायीको सहयोग र सहकार्य रहेको छ। साझेदार संस्था तथा व्यवसायीसँगको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रका नागरिकसम्म पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा पठाइएको राहत सामग्रीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ, खानेपानीलगायतका खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेका छन्। तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोगका सामग्रीलाई प्राथमिकतामा राखेर राहत व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्री चौधरीको पहलमा प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सरकारी संयन्त्रसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार र निजी क्षेत्रलाई समेत परिचालन गरिएको हो। विभिन्न निकाय तथा व्यवसायीसँगको समन्वयबाट थप राहत सामग्री जुटाउने र आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने कार्यलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर अनुगमन गर्दै आवश्यकताका आधारमा राहत सामग्री व्यवस्थापन गरिरहेको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकाय र साझेदार संस्थासँग सहकार्यलाई थप प्रभावकारी बनाउने तयारीसमेत भइरहेको छ।

मन्त्रालयका अनुसार हालसम्म पठाइएको १ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री प्रारम्भिक चरणको सहयोग हो। प्रभावित क्षेत्रमा आवश्यकताको अवस्था र प्राप्त मागका आधारमा आगामी दिनमा पनि राहत सामग्री पठाउने क्रम जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij