२०८३ भाद्र १४ आइतबार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो, २७१५ जनाको उद्धार

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
532
Shares
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो, २७१५ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७६८ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ७६८ जनाको शव फेला परेको हो। बाढी तथा त्यसपछिको विपद्का कारण सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।

प्रहरीका अनुसार चितवनमा २६४, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

यसैगरी, विपद्मा परेका तथा प्रभावित २ हजार ७१५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइते तथा प्रभावितलाई विभिन्न अस्पताल तथा सुरक्षित स्थानमा लगेर उपचार तथा व्यवस्थापन गरिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।

बाढीपछि प्रभावित जिल्लामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय तथा स्थानीय तहको टोलीले खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij