२०८३ भाद्र १३ शनिबार

भोटेकोशी बाढीपछि अवरुद्ध मुग्लिङ–काठमाडौँ सडक खुल्यो, बिहान ६ बजेदेखि सवारी सञ्चालन

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
266
Shares
भोटेकोशी बाढीपछि अवरुद्ध मुग्लिङ–काठमाडौँ सडक खुल्यो, बिहान ६ बजेदेखि सवारी सञ्चालन

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध भएको सडकखण्डमा शनिबार बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो।

बाढी तथा पहिरोका कारण सडकखण्डका विभिन्न स्थानमा जोखिम बढेपछि सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिमको मूल्याङ्कन गरेपछि रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ।

सडक सञ्चालनमा आएपछि लामो समयदेखि बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई राहत मिलेको छ।

यसअघि बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको थियो। सडकको अवस्था सामान्य बन्दै गएपछि प्रहरीले पुनः आवागमन खुलाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij