२०८३ भाद्र १३ शनिबार

रसुवा बाढीमा परेका २२९ बेवारिसे शव तथा अवशेष गाडिने

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
247
Shares
रसुवा बाढीमा परेका २२९ बेवारिसे शव तथा अवशेष गाडिने

नारायणगढ । रसुवा बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

बाढीपछि चितवनमा कुल २३३ शव संकलन गरिएका थिए। तीमध्ये चारवटा शवको पहिचान भइसकेको छ भने बाँकी २२९ शव तथा अवशेष होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।

शवहरू सडगलिसकेको र थप पहिचान गर्न कठिन अवस्था रहेको तथा संक्रमणको जोखिमसमेत रहेकाले सम्मानजनक र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

शव व्यवस्थापन गर्नुअघि आवश्यक नमुना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिने जनाइएको छ। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव गाडिएपछि पनि आफन्तले भविष्यमा डीएनए परीक्षण तथा उपलब्ध अभिलेखका आधारमा सनाखत गर्न सक्ने व्यवस्था मिलाइनेछ।

प्रशासनले शव व्यवस्थापनको प्रक्रिया कानुनी मापदण्ड र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij