२०८३ भाद्र १३ शनिबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एउटै व्यक्तिले दिइन एक करोड नौ लाख रुपियाँ आर्थिक सहयोग

ई आर्थिक    शनिबार, भाद्र १३ २०८३
589
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एउटै व्यक्तिले दिइन एक करोड नौ लाख रुपियाँ आर्थिक सहयोग

व्यक्तिले दिइएको सहयोगमा संभवतः हालसम्मकै सबैभन्दा ठूलो सहयोग हो

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड नौ लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपियाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

राणाले थप २५ लाख रुपियाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij