२०८३ भाद्र १२ शुक्रबार

भोटेकोशी बाढीमा बेपत्ताको खोजी तीव्र, थप १२ सय सैनिक परिचालन

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
133
Shares
भोटेकोशी बाढीमा बेपत्ताको खोजी तीव्र, थप १२ सय सैनिक परिचालन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव संकलन कार्यलाई तीव्रता दिन नेपाली सेनाले थप १२ सय सैनिक परिचालन गरेको छ।

शव खोजी तथा संकलनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आएपछि सेनाले विशेष टोली परिचालन गरी अपरेसनलाई तीव्र बनाएको हो।

थप परिचालित सैनिकलाई रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा खटाइएको छ। त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा टोली बनाएर बेपत्ता नागरिकको खोजी तथा शव संकलन भइरहेको सेनाले जनाएको छ।

यसअघि उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय सैनिक परिचालन गरिएका थिए। थप १२ सय जनशक्ति परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि खटिएको नेपाली सेनाको कुल जनशक्ति २८ सय पुगेको छ।

तीव्र नदी बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित स्थानमा खोजी तथा शव संकलन कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij