काठमाडौं । रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अलपत्र परेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उद्धार गरिएका पर्यटकमध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, इटालीका २ र अन्य देशका ३ जना रहेका छन्।
तर, पर्यटन बोर्डको बिहीबारसम्मको तथ्यांकअनुसार भोटेकोशी बाढीपछि ५४० जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा अलपत्र तथा सम्पर्कविहीन पर्यटकको खोजी र उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।