२०८३ भाद्र १२ शुक्रबार

बाढी प्रभावित १२० मध्ये ८० स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
133
Shares
बाढी प्रभावित १२० मध्ये ८० स्थानमा नेपाल टेलिकमको सेवा सुचारु

काठमाडौं । बाढीका कारण अवरुद्ध रसुवा, नुवाकोट र धादिङका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक टोली परिचालन गरी काम तीव्र पारेको छ।

टेलिकमका अनुसार बाढी प्रभावित तीन जिल्लाका कुल १२० साइटमध्ये हालसम्म ८० वटा साइटमा सेवा पुनः सञ्चालनमा आइसकेको छ।

रसुवाको सदरमुकाम धुन्चेमा हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ। यस्तै, बाढीका कारण बन्द भएको गोल्जुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेसी, पार्वतीकुण्ड गाउँपालिकाका वडा नं. ४ र ५, गोसाईंकुण्ड गाउँपालिकाका वडा नं. ३ र ५ तथा स्याफ्रुबेसी–टिम्मुरे सडकखण्डका केही क्षेत्रमा मोबाइल सेवा सुचारु भएको टेलिकमले जनाएको छ।

नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर पनि सञ्चालनमा ल्याइएको छ। यसबाट विदुर नगरपालिकाका वडा नं. १० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ।

टेलिकमले विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा टिम्मुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल र प्राविधिक टोली पठाएर सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चेलगायतका स्टेशनमा प्राविधिक कर्मचारी निरन्तर खटिएका छन्।

विपद्का बेला नागरिकको सञ्चार सम्पर्क सहज बनाउन सेवा पुनःस्थापना, पूर्वसूचना तथा प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij