२०८३ भाद्र १२ शुक्रबार

बाढी प्रभावितका लागि टोखा नगरपालिकाको १ करोड २० लाख सहयोग

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
152
Shares
बाढी प्रभावितका लागि टोखा नगरपालिकाको १ करोड २० लाख सहयोग

काठमाडौं ।  टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ १ करोड २० लाख रूपैयाँ प्रदान गर्ने भएको छ।

नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २० लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।

यसैगरी, बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई १ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij