२०८३ भाद्र १० बुधबार

रसुवा बाढीमा परी २६ प्रहरी सम्पर्कविहीन

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
152
Shares
रसुवा बाढीमा परी २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं ।  रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्।

बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ।

बाढीले भोटेकोशीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij