२०८३ भाद्र १० बुधबार

पर्यटन विधेयकमा आरोहीको बीमादेखि फेक रेस्क्यु नियन्त्रणसम्मका सुझाव

ई आर्थिक    सोमबार, भाद्र ८ २०८३
703
Shares
पर्यटन विधेयकमा आरोहीको बीमादेखि फेक रेस्क्यु नियन्त्रणसम्मका सुझाव

काठमाडौं ।  पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव दिइएको छ। ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सरोकारवालाहरुले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले संघमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवर्द्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिए।

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्षरूपमा रोजगारी पाएको बताए। उनले पदयात्रा क्षेत्रलाई ध्यानमा राखेर कानून निर्माण गर्न सुझाव दिए।

सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताइन्। उनले आरोही कोष स्थापना हुनुपर्ने बताइन्।

हिमालयन उद्धार संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले ‘फेक रेस्क्यु’अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिए।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिले विधेयकमाथि सुझाव दिएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij